+
+

सर्वसाधारणमा ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउन हिमालयन बैंकले एफपीओ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते ९:५४

८ पुस, काठमाडौं ।  हिमालयन बैंकले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले पुस २९ गतेका लागि साधारणसभा आह्वान गर्दै सो सभामा प्रिमियम थप गरी एफपीओ जारी गर्नेगरी विशेष प्रस्ताव लैजाने भएको हो । बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था छ ।

तर हिमालयन बैंकद्वारा सर्वसाधारणमा जारी सेयर हिस्सा ३० प्रतिशतभन्दा कम छ । बैंकले एफपीओ जारी गरी सर्वसाधारणका लागि जारी हुनुपर्ने न्यूनतम ३० प्रतिशत सेयर हिस्सा पुर्‍याउने भएको हो । तत्कालीन सिभिल बैंकलाई गाभ्नुअघि हिमालयनमा जम्मा १५ प्रतिशत मात्रै सर्वसाधारणको सेयर हिस्सा थियो ।

एफपीओ जारी गरेपछि संस्थापकहरुको सेयर हिस्सा घट्न गई सर्वसाधारणको सेयर हिस्सा बढ्नेछ । सर्वसाधारणलाई जारी गरिने सेयर संख्या, प्रिमियम मूल्य निर्धारणका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेगरी विशेष प्रस्ताव साधारणसभामा लगिने बैंकले जनाएको छ । साधारणसभाबाट सञ्चालक समितिले अख्तियारी पाएपछि मात्रै सर्वसाधारणमा जारी हुने एफपीओको सेयर संख्या सञ्चालक समितिले निर्धारण गर्नेछ ।

बैंकले यस पटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । त्यस्तै साधारणसभामा संस्थापक सेयरधनीका तर्फबाट ५ जना सञ्चालक र साधारणसेयर धनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन समेत हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?