+
+

कैलालीमा लाइटर र खुर्सानी बाेकेकाे ट्रकमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १७:०२

३ चैत, धनगढी । कैलालीकाे चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएकाे हप्ता दिन नबित्दै साेही प्रकृतिकाे घटना भएकाे छ ।

शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका- ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बाेकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले ट्रकको आगलागी नियन्त्रणमा आएको बताए । प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएकाे प्रहरी टाेली, घाेडाघाेडी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगाे नियन्त्रणमा लिएकाे उनले बताए ।

क्षतिकाे विवरण संकलन भइरहेकाे  प्रहरीले जनाएको छ ।

यसअघि साेमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा एक्कासि ट्रकमा आगाे लागेकाे थियाे । उक्त आगाेले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारकाे काम भइरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?