+
+

‘द्रौपदी’बाट गायक रवि ओडको फिल्म अभिनयमा डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १९:५६

काठमाडौँ । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले ‘द्रौपदी’बाट फिल्म अभिनयमा डेब्यु गरेका छन् । उनको शीर्ष भूमिका रहेको फिल्मको छायांकन डोल्पामा सुरु भएको छ ।

ऋषिराज आचार्यले निर्देशन गर्ने फिल्ममा आफ्नो महत्वपूर्ण भूमिका रहेको ओडले अनलाइनखबरलाई बताए । ‘रोल सुन्दा निकै मजाको लाग्यो । निर्देशकले आश्वस्त तुल्याएपछि एक्टिङ गर्न तयार भएको हुँ’ ओडले भने ।

निर्देशक आचार्यले आफू अभिनित म्युजिक भिडियो ‘मैलानी’ हेरेपछि फिल्मको अफर गरेको ओडले सम्झिए ।

फिल्मको संगीत निर्देशन पनि उनले नै गर्नेछन् । ओडले यसअघि केही फिल्ममा पाश्र्वसंगीत पनि दिएका छन् । टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ले उनको प्रसिद्धी चुलिएको हो ।

अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर फिल्म निर्माण हुन लागेको जनाइएको छ । फिल्ममा आश्विनी शाही, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई लगायतको अभिनय हुनेछ ।

छायाकार मोहनकुमार झिल्लु हुन् । ठडराईसहित प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह–निर्माता हुन् । सबै छायाङ्कन डोल्पामै गरिने जनाइएको छ । यो फिल्मले हिमाली क्षेत्रको बहुपतिप्रथाको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?