+
+

सावित्रा पहिलो रोजाइमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते २२:४४

३ चैत,  काठमाडौं । नेपाली स्टार फुटबलर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा इए गुइगाम्पका लागि पहिलो रोजाइमा खेलेकी छन् ।

पहिलो पटक फ्रेन्च लिग खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्राले शनिवार पेरिस एफसीविरुद्ध पहिलो रोजाइमा खेल्ने अवसर पाएकी हुन् ।

यसअघि उनले खेलेको चार खेलमा वैकल्पिक खेलाडीको रुपमा खेल्दै एक गोल समेत गरेकी थिइन् ।

पहिलो पटक सुरुवात गरेकी उनले पूरा ९० मिनेट मैदानमा बिताएकी थिइन् ।

सावित्रा पहिलो रोजाइमा खेलेको खेलमा उनको टोली भने पेरिस एफसीसँग ४-० ले पराजित भयो ।

पहिलो हाफमा तीन गोल बेहोरेको गुइगाम्पकाले दोस्रो हाफमा थप एक गोल खाएको थियो ।

जितपछि पेरिस १६ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ । गुइगाम्प भने १७ खेलबाट १५ अंकसहित दशौ स्थानमा छ । गुइगामप पछि रहेका लिलको ८ अंक र बोर्डोको ७ अंक छ । १२ टोली सहभागि लिगमा अन्तिम २ टोली रेलिगेसनमा पर्नेछ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?