+
+

पोखराका सहकारी पीडितलाई प्रधानमन्त्रीको आश्वासन- जीबी राईलाई पक्रेर समस्या समाधान गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १०:१५
सहकारी पीडितसँग प्रधानमन्त्री ।

४ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई जसरी भए पनि न्याय दिलाउने आश्वासन दिएका छन् ।

आज कास्कीको पोखरामा सो सहकारीबाट पीडितहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएका हुन् ।

सहकारी पीडितका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनीहरुले जीबी राईसहितले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको भन्दै उनलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘सहकारीको विषयलाई लिएर प्रधानमन्त्रीसँग कुराकानी भयो । सूर्य दर्शन बचत तथा ऋण सहकारीका प्रमुख जीबी राईलाई तुरुन्त पक्राउ गरी ल्याएर हाम्रो बचतकर्ताको समस्या समाधान गरिदिनुपर्यो भनेर प्रधानमन्त्रीज्यूलाई हामीले निवेदन गर्यौं । हुन्छ हामीले अब जीबी राईलाई जसरी भए पनि समातेर ल्याएर पीडितहरुको पीडा समाधान गर्ने प्रयास गर्नेछौं भनेर उहाँले आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको छ ।’

पोखरा उद्योग वाणिज्य संघमा दयाशंकर स्मृति पुरस्कार दीपेन्द्र श्रेष्ठ र स्वर्गीय पत्रकार त्रिभुवन पौडेललाई अर्पण गरेर फर्किने क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई भेटेका थिए ।

उनीहरूले जीवी राईसहितले बचतकर्ताको रकम हिनामिना पारेर फरार रहेको र यसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने पनि जोडिएको भन्दै गम्भीर छानबिन गर्न समेत माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?