+
+

नेपालमा अपांगता जनसंख्या साढे ६ लाख

नेपालमा अपांगता भएको जनसंख्या साढे ६ लाख रहेको देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते २०:३०

४ चैत, काठमाडौं । नेपालमा अपांगता भएको जनसंख्या साढे ६ लाख रहेको देखिएको छ । २०७८ सालको जनगणनाले यस्तो देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा ६ लाख ४७ हजार ७४४ जनामा अपांगता देखिएको छ । यो कुल जनसंख्याको २.२ प्रतिशत हिस्सा हो । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेको छ । अपांगताको ठूलो हिस्सा गण्डकी प्रदेशमा देखिन्छ । जहाँ जनसंख्याको २.९ प्रतिशतमा अपांगता रहेको छ ।

अपांगतालाई शारीरिक, न्यून दृष्टियुक्त, पूर्ण दृष्टियुक्त, बहिरोपन, सुस्तश्रवण, श्रवण दृष्टिविहीन गरी वर्गिकरण गरिएको छ ।

यसै गरी स्वर र बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक अपांगता, अनुवंशीय रक्तश्राव, अटिजम र बहुअपांगता भनी वर्गीकरण गरिएको छ । शारीरिक अपांगता पुरुषमा बढी देखिएको छ । न्यून दृष्टियुक्त समस्या महिलामा बढी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?