+
+

दीपिका प्रसाईं र दिवाकर भट्टराईलाई सन्तानलाभ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते ११:४७

काठमाडौं । अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले सन्तानलाभ गरेका छन् । आइतबार राति पौने ९ बजे दीपिकाले पुतलीसडकस्थित भ्याली अस्पतालमा छोरालाई जन्म दिइन् ।

शल्यक्रिया गरेर बच्चा जन्माएकाले अझै केही दिन आमा र शिशुलाई अस्पतालमै राखिने भएको छ । अनलाइनखबरसँग कुरा गर्दै दिवाकरले शिशु स्वस्थ रहेको बताए । ‘अझै केही दिन अस्पतालमै रहनुपर्ने भयो,’ उनले भने ।

चार वर्षअघि विवाह गरेको यो जोडीले फिल्म ‘ऐश्वर्या’मा सहकार्य गरेका थिए । अभिनेत्रीका रुपमा प्रसाईंको उक्त फिल्म डेब्यु थियो । सोही फिल्मको सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । उक्त फिल्मले राम्रो कमाइ पनि गर्‍यो ।

बच्चालाई जन्म दिनुअघि यो जोडीले ‘मायावी’मा पनि काम गरेको छ । ‘मायावी’ छायांकनको क्रममा उनी गर्भवती रहेको खबर सार्वजनिक भएको थियो । सन्तानलाभपछि खुसी व्यक्त गर्दै दिवाकरले सामाजिक सञ्जालमार्फत आफू सधैंभरि दीपिकाको सारथी बनेर हिंड्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?