+
+

ढुवानी व्यवसायी महासंघ अध्यक्षमा नेपाल सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १३:१०

५ चैत, काठमाडौं । ढुवानी व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको अध्यक्षमा माधवप्रसाद नेपाल चयन भएका छन् ।

आइतबार काठमाडौंमा सम्पन्न महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभाले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्ष, कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । वरिष्ठ उपाध्यक्षमा भने अच्युतराज खनाल सर्वसम्मत चयन भए ।

उपाध्यक्षमा अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल निर्वाचित भए । महासचिवमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भए । सचिवमा धर्मराज पोखरेल र कोषाध्यक्षमा पूर्णप्रसाद रेग्मी निर्वाचित भए । सहकोषाध्यक्षमा टेकराज पोखरेल सन्तोष पनि सर्वसम्मत भए ।

महाधिवेशनले सात प्रदेशमा प्रदेश संयोजक समेत सर्वसम्मत चयन गरेको छ । प्रदेश संयोजकमा भोला पौडेल, कृष्णप्रसाद ढुंगेल, सृजना तिमिल्सिना, सोमप्रसाद भट्टराई, दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाल छन् ।

नौ जना कार्यसमिति सदस्य पनि सर्वसम्मत चयन भएका छन् । जसमा दिलीप अर्याल, सन्तोषकुमार कार्की, चीरञ्जीवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल, नीलकण्ठ थापा, कमलप्रसाद विडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल छन् ।

‘राष्ट्र निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नारा आत्मसाथ गरेर देशभरिका ढुवानी व्यवसायीलाई एकीकृत गर्ने र व्यवसायीका साझा समस्या समाधानका साथै हकहित संरक्षण गर्ने उद्देश्यसाथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ स्थापना भएको थियो ।

अहिले महासंघमा १८ स्थानीय संस्था आबद्ध छन् । निर्वाचित नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।

निर्वाचित भएसँगै अध्यक्ष नेपालले ढुवानी क्षेत्रका साझा मुद्दामा अन्य यातायात महासंघ तथा संघसँंग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारसँगको माग र मुद्दामा पनि गम्भीर बनेर अघि बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?