+
+

सांसद प्रदीप यादव भन्छन् : अर्थमन्त्रीज्यू, तपाईं तस्करले ल्याएको काजु खानुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १५:१५

६ चैत, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले भन्सारमा तस्करहरु राज रहेको बताएका छन् । प्रतिनिधिसभामा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि आफ्नो धारणा राख्दै उनले नेपालको भन्सारबाट बिल छलेर तस्करी हुने बताए ।

उच्च भन्सार लाग्ने वस्तुहरु तस्करी भएर नेपाल भित्रने गरेको उनले बताए ।

नेपालमा काजुमा प्रतिकिलो ६ सय रुपैयाँ भन्सार लाग्ने उनको दाबी थियो । नेपाली बजारमा उपलब्ध सबैजसो काजु भन्सार छलेर भित्रने गरेको उनले बताए । ‘मलाई लाग्छ अर्थमन्त्रीज्यूले जुन काजु खानुहुन्छ, त्यो भन्सार छलेर ल्याएको हो । माननीय अर्थमन्त्रीज्यू, तपाईंले तस्करले ल्याएको काजु खानुहुन्छ ।’

हाल काजुमा १५ प्रतिशत भन्सार र १५ प्रतिशत नै अन्तःशुल्क लाग्ने गरेको छ । भ्याटसमेत गरेर काजुमा करिब ५० प्रतिशत भन्सार तिर्नुपर्ने एकीकृत भन्सार महसुल दरबन्दी २०८०/८१ मा उल्लेख छ ।

चालु आर्थिक वर्षको आठ महिनामा २५ करोड ४९ लाख रुपैयाँको २ लाख ९० हजार किलो काजु आयात भएको भन्सार विभागको तथ्यांक छ ।

हाल कच्चा पदार्थभन्दा तयारी वस्तुमा कम भन्सार लगाएकाले नेपालमा उत्पादन हुन नसकेको र नेपाली उद्योगीहरुलाई समस्या परेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?