+
+

सन् २०२४ का लागि प्राइम भिडियोले सार्वजनिक गर्‍यो ६९ फिल्म र सिरिजको सूची

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १२:०५

काठमाडौं । लोकप्रिय ओटीटी प्लाटफर्म अमेजन प्राइम भिडियोले सन् २०२४ को लागि भारतीय संस्करणको स्ट्रिमिङ सूची सार्वजनिक गरेको छ । मंगलबार मुम्बईमा आयोजित ‘आर यु रेडी’ कार्यक्रममा ४० वेब शो र २९ फिल्म स्ट्रिमिङ हुने जनाइयो । यो सूचीमा प्रतीक्षित ‘मिर्जापुर ३’ र ‘पञ्चायत ३’ पनि सामेल छन् ।

कार्यक्रममा बलिउडसहित साउथका स्टार पनि सहभागी थिए । शाहिद कपुर, विजय देवरकोंडा, सिद्धार्थ मल्होत्रा, प्रियंका चोपडा, मनोज बाजपेयी र मृणाल ठाकुरजस्ता सेलिब्रेटी पनि देखिए । ‘मिर्जापुर’को पूरै स्टार कास्ट देखियो । करण जोहरले कार्यक्रम होस्ट गरेका थिए ।

‘हामीले अमेरिकाबाहेकका मुलुकबाट २५० मिलियन सब्सक्राइबर पुर्‍याउने लक्ष्य लिएका छौं । त्यो लक्ष्य निश्चित रुपमा भारतबाट प्राप्त हुनेछ । यसका लागि राम्रो काम नगरेसम्म त्यो हासिल गर्न हामी सक्षम हुँदैनौं । भारत हाम्रो महत्वपूर्ण बजार हो,’ प्राइम भिडियो र अमेजन एमजीएम स्टुडियोका प्रमुख माइक हप्किन्सले भने ।

२७ वटा मौलिक भारतीय श्रृंखलाको उक्त सूचीमा हलिउड फिल्म निर्देशक रुस्रो ब्रदर्सले निर्देशन गरेको ‘सिटाडेल’को भारतीय संस्करण पनि सामेल छ । ‘सिटाडेल हनीबनी’ नाम दिइएको यो सिरिजमा वरुण धवन र सामन्था रुथ प्रभुको शीर्ष भूमिका छ ।

सूचीमा फलआउट, सिटाडेल, गुलकन्दा टेल्स, द ग्रेट इण्डिन कोड, कन्तारा : अ लिजेण्ड च्याप्टर १, हाउसफुल ५, बागी ४, स्त्री २, तेरी बातों मे ऐसा उल्झा दिया, योद्धा, डन ३, पाताला लोक सिजन २, पञ्चायत सिजन ३, मिर्जापुर सिजन ३ लगायतका हिन्दीभाषी फिल्म र सिरिज छन् ।

यसबाहेक तमिल र तेलुगू फिल्म र सिरिज पनि सूचीमा छन् । हलमा रिलिज भइसकेका २९ स्टारकास्टका फिल्म पनि यो प्लाटफर्ममा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?