+
+

बाँसबारी जग्गा प्रकरण : सीआईबीले लियो वसन्त चौधरीको बयान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते २०:०९

७ चैत, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा प्रहरीले वसन्त चौधरीको बयान लिएको छ ।

केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बोलाइएका चौधरीलाई बयान कागज गराएर छाडेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । ‘उहाँले पुरानो विषय भएको बताउँदै सरकारी जग्गा भए नभएको थाहा नभएको बताउनुभएको छ’, स्रोतले भन्यो ।

ब्यूरोले यो प्रकरणमा कांग्रेस सांसद् एवं उद्योगी विनोद चौधरीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।

तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडहरुको शेयर सदस्यहरुमध्येमा वसन्त चौधरी पनि एक थिए ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार, त्यसबेला च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १०० कित्ता शेयर थियो भने विनोदकुमार चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००-२०० कित्ता शेयर थियो ।

गंगादेवी चौधरीको १०० र बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा २ हजार कित्ता शेयर थियो । अहिले च्यापियन फुटवेयर प्रा.लि. को नाम परिवर्तन गरेर सीजी चाँदबाग रेजिडेन्सी बनाइएको छ । यसको सञ्चालकमा अरुण चौधरी र उनकी पत्नी शिला छन् ।

सीआईबीले यो मामिलामा १८ माघमा व्यवसायी अरुण चौधरी लगायतलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । अदालतले बाहिरै राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि उनी छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?