+
+

‘महाजात्रा’लाई देशभर २५० शो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १३:००

काठमाडौं । सोसल–कमेडी ड्रामा फिल्म ‘महाजात्रा’ले देशभर २५० हाराहारीमा शो प्राप्त गरेको छ । हाइप, प्राप्त शो र प्रिमियरमा प्राप्त प्रारम्भिक प्रतिक्रियालाई आधार मान्दा फिल्मको ओपनिङ सुखद हुने अपेक्षा गर्न सकिन्छ ।

वितरक अशोक शर्माले शो संख्यामा अझै वृद्धि हुनसक्ने अनुमान गरे । क्यूएफएक्सले देशभरका पर्दामा ६७ शो दिएको छ । आईएनआई, बिग मुभिज, क्युज सिनेमाज, बीएसआर, एफक्युब, सिने द सेफ, रञ्जना, कीर्तिपुर, सीके, इन्फिनिटी, वान सिनेमाज लगायतले पनि उत्साहजनक शो दिएका छन् ।

फिल्मका लागि शो संख्याभन्दा अकुपेन्सी महत्वपूर्ण कुरा हो । यदि दर्शकले शुक्रबार पनि सुखद् प्रतिक्रिया दिए भने फिल्मले राम्रो कमाइ गर्न सक्छ । ‘प्राप्त शोलाई लिएर हामी उत्साहित र सन्तुष्ट छौं,’ निर्देशक प्रदीप भट्टराईले भने । उनले दर्शकको पैसा र समय खेर नजाने दाबी गरे ।

‘महाजात्रा’को प्रारम्भिक चुनौती भनेको प्राप्त शो संख्यालाई अकुपेन्सीमा रुपान्तरण गर्नु हो । शुक्रबार बेलुकासम्म फिल्मको अकुपेन्सीले यसको व्यावसायिक भविष्यलाई अनुमान गर्न सकिने अवस्था छ ।

आपतकालीन रुपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल लगायतको अभिनय छ । फिल्मलाई षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?