+
+

दौड प्रतियोगितामा ७ हजार ८८६ जना सहभागी हुँदै, प्रथम पुरस्कार १ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:१४

८ चैत, काठमाडौं । नेपाल भेटेरिनरी एसोसियसनले १० चैतमा काठमाडौंमा हाम म्याराथनसहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘राइट टू प्रोटिन रन’ नारा दिइएको प्रतियोगितामा सहभागी हुन कुल ७ हजार ८८६ जनाले नाम दर्ता गराएका छन् । कार्यक्रम प्राटिनजन्य पदार्थको पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको एसोसियसनले जनाएको छ ।

प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका छात्रको ५ किमि, छात्राको ३ किमिजस्ता दौड समावेश गरिएको छ ।

यस कार्यक्रमको जम्मा पुरस्कार राशी १४ लाख ८३ हजार रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार १ लाख रहेको छ । प्रतियोगितामा पाँचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान ६ः३० मा दशरथ रंगशालामा कार्यक्रम उद्घाटन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?