+
+

त्रिवेणी धाम र मदारबाबा लुम्बिनी प्रदेशमा ल्याउन आन्दोलन गर्छौं : सांसद प्रधान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १३:१५

११ चैत, बुटवल । प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधानले पश्चिम नवलपरासीसंग जोडिएका प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाम र मदारबाबालाई लुम्बिनी प्रदेशमा ल्याउन आन्दोलन गर्ने बताएका छन् ।

आइतबार परासीमा पत्रकारहरुसंग कुरा गर्दै सांसद प्रधानले यी दुवै तीर्थस्थल गण्डकी प्रदेशमा हुँदा भौगोलिक हिसाबले पनि अवैज्ञानिक भएको हुँदा अब लुम्बिनीमा ल्याउन आन्दोलन गरिने बताएका हुन् ।

संविधान निर्माणको क्रममा साविक नवलपरासी जिल्ला टुक्रिएपछि त्रिवेणीधाम र मदारबाबाको समाधिस्थल गण्डकी प्रदेशको नवलपुर जिल्लामा परेका छन् ।

‘त्रिवेणी धाम र मदारबाबा गण्डकी प्रदेशमा राखिंदा पश्चिम नवलपरासी जिल्लाको विकासमै असर परेको छ’, राप्रपाका नेता समेत रहेका प्रधानले भने, ‘अब सबै राजनीतिक दल, नागरिक समाज र जिल्लावासी मिलेर लुम्बिनीमा फिर्ता ल्याउन आन्दोलन गर्नुको विकल्प छैन ।’

त्रिवेणीधाम हिन्दु धर्मावलम्बीका लागि र मदारबाबा हिन्दु र इस्लाम धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो ।

बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको यो स्थलमा शिवरात्री सुरु हुनु भन्दा एक हप्ताअघि देखि ठूलो मेला लाग्छ । मेला भर्न नेपाल र भारतका हजारौं भक्तजन आइपुग्छन् । यो स्थल मुस्लिम समुदायको लागि नेपालकै ठूलो र ऐतिहासिक धार्मिक स्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?