+
+

एसईईको तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १४:०१

११ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउनेजस्ता तयारी पूरा भएको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।

यस वर्षको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

बोर्डले एसईई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ५०५ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने जनाएको छ ।

शर्माले एसईई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण समेत गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?