+
+

यूएसए ओपनमा एरिका र विप्लवले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १६:१२

१२ चैत, काठमाडौं । १९औं एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र एसियाडमै खेलेका विप्लवलाल श्रेष्ठले यूएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको टेक्सासमा यही मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनै पनि नेपाली कराते खेलाडीले जितेको पहिलो र एक मात्र हो ।

एरिका इन्डोनेसियामा भएको १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।

नेपाली टोलीको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् । कुशल बाहेक ३ सदस्यीय टोली सोमबारै अमेरिका प्रस्थान गर्नेछन् । कुशल भने मंगलबार जानेछन् ।

टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । उनले विगतको सफलतामा मात्र खुशी भएर बस्नुभन्दा पनि आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउने गरी प्रदर्शन गर्न सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?