+
+

आगामी सिजनका लागि आरोहण अनुमति लिन सुरु, पहिलो दिन ४६ जनालाई परमिट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १३:०५
फाइल तस्वीर

१३ चैत, काठमाडौं । वसन्त ऋतुमा हुने हिमाल आरोहणका लागि परमिट जारी गर्न थालिएको छ ।

पर्यटन विभागका अनुसार सोमबार पहिलो अनुमति जारी भएको छ । यस दिन सगरमाथाका लागि ८ जनाको एक टीमले अनुमति लिएको छ ।

सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ का लागि परमिट जारी भएका छन् । यस दिन कुल ४६ जनाले अनुमति लिएको विभागले जनाएको छ । अहिले हिमालमा जाने टोलीहरुले आफ्नो तयारी गरिरहेका छन् ।

नेपालमा सामान्यतया जेठ पहिलो साताबाट बढी आरोहण हुने गर्छ । सगरमाथा चढ्न वसन्त ऋण मुख्य सिजन मानिन्छ । सोहीकारण यो हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।

यो सिजनको आरोहण व्यवस्थित गर्न खुम्बु पासाङ ल्हामु गाउँपालिकाले समेत विभिन्न नियम बनाएको छ । जसमा हिमाल आरोहणमा जानेले दिसापिसाब फिर्ता ल्याउनुपर्नेसम्मका नियम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?