+
+

मौसमी प्रतिकूलताले दुई दिन रोकियो सगरमाथा आरोहण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १४:३५
फाइल तस्वीर

२ जेठ, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको चौथो क्याम्पभन्दा माथि मौसम प्रतिकूल भएपछि दुई दिन आरोहण रोकिएको छ ।

पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पका अनुसार सगरमाथाको चौथो क्याम्पभन्दा माथिको मौसमी प्रतिकूलताका कारण मंगलबार कुनै पनि आरोहण दल शिखर पुग्न सकेनन् भने आज बुधबार पनि कुनै आरोहण हुने छैन ।

सगरमाथा आरोहण क्रममा हराइरहेका दुई जना मंगोलियन आरोहीको खोज तथा उद्धारका ‘८के एक्सपिडिसन्स प्रालि’ बाट मंगलबार दुई शेर्पा पठाइएकोमा मौसमी प्रतिकूलताका कारण चौथो क्याम्पमा नै रोकिएको र उद्धारका लागि थप दुई शेर्पा हाल तेस्रो क्याम्प नजिक पुगेको पर्यटन विभाग निर्देशक राकेश गुरुङले जानकारी दिए ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर पुग्ने लक्ष्यसाथ हाल ४१ दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् । तीमध्ये ७५ महिला छन् । यसपालि कुल ३० हिमालका लागि १ सय १२ दलका ९ सय ७१ जनाले आरोहण अनुमति लिएका छन् ।

यो वर्ष सगरमाथा चुलीसम्म बाटो बनाउने काम २८ वैशाखमा सकिएको थियो । त्यसपछि आरोहण खुलेको थियो । यहीबीच नेपाली पर्वतारोही कामिरिता शेर्पाले २९औं पटक सगरमाथा शिखर पुगेर नयाँ विश्वकीर्तिमान कायम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?