+
+

कोशी प्रदेशका अन्तर्राष्ट्रिय खेलाडीलाई प्रदेश सरकारले गर्‍यो सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १७:४९

१३ चैत, विराटनगर । कोशी प्रदेश सरकारले अन्तराष्ट्रिय स्तरमा पदक जितेका प्रदेशका खेलाडीहरूलाई सम्मान गरेको छ । धनकुटामा मुख्यमन्त्री केदार कार्कीले खेलाडी र प्रशिक्षकलाई सम्मान गरे ।

साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने राष्ट्रिय महिला फुटबल टोलीका सदस्य सविता राना मगर, अमिसा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, प्रीति राई, अन्जिला तुम्बाप्पो र प्रशिक्षक श्याम मानन्धर छन् । उनीहरुलाई जनही २५ हजारका दरले सम्मान गरिएको हो ।

मलेसियामा सम्पन्न भएको आईटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङलाई ५० हजार सहित सरकारले सम्मान गरेको छ ।

चीनमा सम्पन्न भएको १९ औँ एसियाली गेम्समा महिला कबड्डीतर्फका कास्य पदक विजेता मुख्य प्रशिक्षक पार्वती राई सहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई र ईशा राईलाई नगद २÷२ लाख सहित सम्मान गरे । प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भए ।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले खेल र खेलाडीको विकासका लागि आवश्यक बजेटको विनियोजन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?