+
+

सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १०:१६

१४ चैत, कैलाली । सरकारमा सहभागिताको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरुको बैठक कैलालीको टीकापुरमा जारी छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नाउपाका संस्थापक र सांसदहरुको बैठक बसिरहेको हो । बैठकमा संस्थापक २१ जना र सांसद १६ जना सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले यो बैठकमा सहभागी छैनन् ।

यो बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय लिने अध्यक्ष चौधरीले जानकारी दिइन् ।

एमाले-माओवादी-रास्वपासहितको नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा अध्यक्ष रञ्जिता र उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीबीच विमति छ ।

रेशमको स्वीकृतिमा नाउपा सुदूरपश्चिम र लुम्बिनी सरकारमा सहभागी छ । तर रञ्जिता भने सरकारबाट फिर्ता हुनुपर्ने र नयाँ सत्ता समीकरणमा सहभागी हुनुपर्ने पक्षमा छिन् ।

नाउपाका एक जना संस्थापक केन्द्रीय सदस्य रमेश विकले आजको बैठकले प्रदेश सरकारबारे आगामी मार्ग तय गर्ने बताए ।

केन्द्र सरकारमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नियुक्तिलाई पूर्णता दिइसकेका छन् । केन्द्रको २५ सदस्यीय मन्त्रिपरिषदमा अब एक जना राज्यमन्त्री मात्र नियुक्त गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?