+
+
Shares

भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण हुन्छ : ऊर्जामन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १५:४४

१४ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग छिट्टै विद्युत् खरिद सम्झौता नवीकरण हुने बताएका छन् ।

बुधवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले विद्युत् खरिद सम्झौता नवीकरणको प्रक्रिया अगाडि बढेको बताएका हुन् ।

‘भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण नहुने र नेपालमा बिजुली अपुग भएर लोडसेडिङ हुने हल्ला निराधार हो,’ उनले भने, ‘हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको छ ।’ नियमित प्रक्रियामा प्रत्येक वर्ष खरिद सम्झौता नवीकरण हुँदै आएकाले यो वर्ष समस्या नहुने बस्नेतले बताए ।

हिउँदयाममा नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाट विद्युत् आयात गर्दै आएको छ । तर पनि औद्योगिक क्षेत्रहरूमा विद्युत् कटौती भइरहेको व्यवसायीहरूले बताइरहेका छन् ।

ऊर्जामन्त्री बस्नेतले विराटनगर करिडोरमा विद्युत् आपूर्तिमा समस्या रहेको स्वीकार गरे । उनले भने, ‘गत वर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी–पहिरोका कारण जलविद्युत् आयोजनाहरूमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको हो ।’ उनले निजी क्षेत्रमार्फत उत्पादन भएको विद्युत् प्रवाह गरेर करिडोरको माग धान्ने प्रतिबद्धता जनाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?