News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीले विद्युत् आयोजनामा क्षति पुर्याउँदा ४३१.१ मेघावाट क्षमतामा असर पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ।
- नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न मर्मत, पुनःस्थापना र वैकल्पिक व्यवस्था अघि बढाएको छ।
- मन्त्रालयले प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रविधिमार्फत तत्काल विद्युत् सेवा पुर्याउन संयन्त्र परिचालन गरेको छ।
१० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाढीबाट विद्युत् आपूर्ति हुन नसकेका स्थानमा वैकल्पिक व्यवस्था समेत अपनाउने जानकारी गराएको छ ।
बुधबार आएको भिषण बाढीले विद्युत् आयोजनामा क्षति पु-याएको छ । ऊर्जा मन्त्रालयका अनुसार ४३१.१ मेघावाट विद्युत् क्षमतामा क्षति पुगेको छ । बाढीका कारणले विद्युत आपूर्ति हुन नसकेका स्थानमा वैकल्पिक व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।
बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुरु गर्न तीव्र रुपमा कार्यअघि बढाइएको प्राधिकरणले जानकारी गराएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रविधिमार्फत तत्काल विद्युत सेवा पुर्याउन संयन्त्र पहिचालन गरेको प्राधिकरणले जानकारी गराएको छ ।
प्राधिकरणका अनुसार बाढीका कारण विद्युत संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत सेवा नियमित गर्न प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरिएको छ।
प्रतिक्रिया 4