१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रसुवा बाढीपछिको अवस्थामा सरकार र सरोकारवालाहरूसँग निरन्तर संवाद र छलफलमा रहेका छन् ।
रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ ।
बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको विवरण आएका छन् ।
यो अवस्थामा सभापति लामिछानेले आफू आफ्नो तर्फबाट सक्रिय रहेको जानकारी दिएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकका लागि अहिले कठिन घडी रहेको अहिलेको कहालीलाग्दो विपद्को समयमा प्रभावितहरू सबैको साथमा सिंगो रास्वपा र सिंगो सरकार रहेको पनि बताएका छन् ।
‘यस (विपद्)बारे सूचना पाएसँगै प्रधानमन्त्री, गृहमन्त्री, र स्वास्थ्यमन्त्री र अन्य सरकारी संयन्त्रका अधिकारीहरूसँग निरन्तर छलफल र रणनीतिक योजना के कस्ता छन् भनेर सजगताका साथ गम्भीरतापूवर्क छलफलहरूमा सहभागी हुँदै आएको छु’ उनले भने ।
नागरिक बचाउन सरकारले आफ्नो सम्पुर्ण सार्मथ्य लगाउने विश्वास पनि उनले व्यक्त गरे ।
प्रतिक्रिया 4