+
+
Shares

रवि लामिछानेले संसदमा सम्बोधन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीमा बस्ती, बजार, प्रहरी कार्यालय, सडक र जलविद्युत् संरचनामा क्षति पुर्‍याएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीका विषयमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
  • सरकारले बाढीपीडितको उद्धारमा सक्रियता देखाएको छ।

१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् ।

रसुवा बाढीले मुलुक आक्रान्त रहेका बेला उनले संसदमा सम्बोधन गर्न लागेका हुन् । रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ ।

बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।

सरकारले आफ्नो तर्फबाट उद्धारमा सक्रियता देखाएको छ । यो लगायतका विषयमा लामिछानेले संसदमा बोल्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?