+
+
Shares

अहिले सरकार मात्रै होइन, प्रतिपक्ष झनै बलियो छ : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले वर्तमान सरकारभन्दा प्रतिपक्ष झन् बलियो भएको टिप्पणी गरे ।
  • नीति, संगठन र नेतृत्व कार्याशालामा उनले केन्द्रीय सदस्यलाई बस्तीबस्तीमा पुगेर सरकारले गरेका काम जनतालाई बुझाउन आग्रह गरे ।
  • लामिछानेले स्थानीय सरकारमा बलियो उपस्थिति बनाउन नसके पार्टी पछि पर्ने र केन्द्रीय सदस्यलाई विभिन्न जिम्मेवारी दिएर गाउँगाउँ पठाइने बताए ।

७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार भन्दा प्रतिपक्ष झन् बलियो भएको टिप्पणी गरेका छन् ।

नीति, संगठन र नेतृत्व कार्याशालामा केन्द्रीय सदस्यलाई प्रशिशित गर्दै सभापति लामिछानेले बस्तीबस्तीमा पुगेर सरकारले गरेका कार्यहरु जनतालाई बुझाउन आग्रह गरे ।

‘स्थानीय सरकारमा हामीले बलियो उपस्थिति बनाउन सकेनौं भने धेरै कुरामा हामी पछि पर्छौं,’ सभापति लामिछानेले भने, ‘अहिले सरकार मात्र बलियो छैन । प्रतिपक्ष झन बलियो छ । बलियो प्रतिपक्षलाई राजनीतिक तबरले काम गर्न सकेनौं भने त्यसले अकैं ठाउँमा लिएर जान्छ ।’

सुशासनको मुद्दा उठाएको रास्वपाले कहिंकतै अनियमिततामा प्रश्न नउठेको बताए । यसले मात्रै प्रर्याप्त नहुने बताउँदै लामिछानेले भने, ‘म मधेश जाँदैछु । केन्द्रीय सदस्यहरुलाई विभिन्न जिम्मेवारी दिएर गाउँ गाउँ पठाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?