+
+

गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १३:४२

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

बुधबार बसेको सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई १ वैशाख २०८१ देखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । उपाध्याय बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत छन् । १५ वर्षदेखि कम्पनी सचिव र ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा उनी कार्यरत थिए । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनी अध्यापन पेशामा संलग्न थिए ।

१५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा सकिँदै छ ।

बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई १५ चैत २०८० देखि लागु हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?