+
+

तस्करी र राजस्व चुहावट नियन्त्रणमा निर्मम हुन्छौं : उपप्रधानमन्त्री लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १७:००

१७ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी र राजश्व चुहावट नियन्त्रणमा निर्मम भएर लाग्ने बताएका छन् ।

शनिबार इलाममा आयोजित एक अन्तर्क्रियामा उनले सीमा क्षेत्र र विमानस्थलमार्फत हुने तस्करी नियन्त्रण तथा राजश्व चुहावटमा निर्मम भएर लाग्ने बताएका हुन् ।

‘चाहे बोर्डरमा होस्, एयरपोर्टमा होस् जहाँ पनि होस्, तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम छ । यो पदबहाल गरेदेखि नै मैले स्पष्ट भनेको छु’, उनले भने ।

सीमा क्षेत्रमा उपभोग्य बस्तु खरिदका नाममा भारतबाट अन्य सामानहरुको तस्करी हुने गरेको गृहमन्त्री लामिछानेले बताए ।

‘हेर्दा एउटा मान्छेले एक किलो चिनी लिएर आएकोमा पनि के आँखा लगाएको होला भन्ने होला । जस्तो एउटा बोरा चामलको लागि लछारपछार गरेको, भिडियोको सन्दर्भमा तपाईहरुले उठाउनुभएको हुन्छ, तर त्यसको वास्तविकता फेरि अर्कै हुन्छ । तर त्यो बोरा भित्र मोबाइलका पार्ट्सहरु थिए’, उपप्रधानमन्त्री लामिछानेले भने ।

उनले इलाममा आत्महत्याको तथ्यांक डरलाग्दो भएको भन्दै यस विषयमा अध्ययन नै गर्नुपर्ने अवस्था रहेको बताए ।

‘इलाममा डरलाग्दो गरी आत्महत्याको तथ्यांक आएको छ । यसको अध्ययन नै गर्नुपर्ने अवस्था देखिएको छ । स्थानीय र राष्ट्रिय चुनौतीहरुसँग जुध्नको लागि हामी प्रतिवद्ध हुनैपर्छ’, लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?