+
+
Shares

गृह मन्त्रालयमा विपद्‍बारे विशेष बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा विशेष बैठक जारी छ ।
  • सरकारले मेडिकल टिमसहित नेपाली सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रमा पठाएर खोज, उद्धार र राहत कार्य तीव्र बनाएको छ ।
  • सरकारले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन दिँदै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक र मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेको छ ।

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी आएपछि यसको उद्धार लगायतका सम्बन्धमा गृह मन्त्रालयमा विशेष बैठक जारी छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

यसअगाडि गृहमन्त्रालयमा विपद्‍बारे विशेष बैठक बसेको हो ।

गृह मन्त्रालयका अनुसार सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ ।

साथै निजी कम्पनीका हेलिकप्टरहरुलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।

रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ ।

साथै जोखिमयुक्त क्षेत्र–तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।

साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत गरिरहेको छ ।

बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन आग्रह समेत गरेको छ ।

सरोकारवाला निकायहरुले आफ्ना संयन्त्रहरु परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् ।

जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?