News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले प्रहरी कर्मचारीका पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचना चुहावट र शान्ति सुरक्षामा असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको जनाएको छ।
- गृह मन्त्रालयले संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई आज पदबाट बर्खास्त गरेको छ।
- मन्त्री सुधन गुरुङको सचिवालयले कानून विपरीत गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने जनाएको छ।
२३ असोज, काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट हुने पदीय आचरण विपरीतका कार्यहरूको सुक्ष्म निगरानी एवं विश्लेषण भइरहेको जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले पनि संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको सचिवालयले जनाएको छ ।
‘गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरू माथि गृहमन्त्रीले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेका छन्,’ गृहमन्त्रीको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
आजमात्रै गृह मन्त्रालयले संवेदनशील सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट बर्खास्त गरेको थियो ।
सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा गृहमन्त्रीले सशस्त्र प्रहरी ऐन तथा नियमावलीले प्रदान गरेको अधिकार प्रयोग गरी उच्च तहका सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचरण पालना नगरेको अवस्थामा विभागीय कारबाही गरेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा विभागीय कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।
कानून विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने र विधिको शासन, कानूनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4