+
+

देवघाटमा राष्ट्रपतिले गरे ज्येष्ठ नागरिक भवनको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १८:५५

१७ चैत, दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको देवघाट गाउँपालिका–५ मा ज्येष्ठ नागरिक भवनको शिलान्यास गरेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको १५ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको १८ कोठे भवनको राष्ट्रपति पौडेलले शिलान्यास गरेका हुन् ।

त्यस क्रममा उनले विकास निर्माणमा एकजुट हुन आफूले राजनीतिक दलका नेताहरुलाई भन्ने गरेको बताए ।

तनहुँको गाईघाट क्षेत्रमा पञ्चायतकालमा आफूहरु सङ्गठन निर्माण गर्न जाँदा गरिबी र अभावले खानसमेत नपाइने अवस्था रहेको स्मरण गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रपछि त्यस क्षेत्रले काँचुली फेरेको बताए । गाईघाटमाथिको एउटा वडामा मात्रै पनि करोडौको सुन्तला फल्ने गरेको र त्यसलाई बजारसम्म पुर्‍याउन त्यहाँ पुलको आवश्यकता रहेको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले प्रतिगामीहरुको स्वर्ग अतितमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने समेत उल्लेख गरे । ‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौ’, उनले भने ।

राष्ट्रपति पौडेलले विदेश गएर नेपालमा केही नभएको भनेर कुरा काट्नु अनुचित भएको बताए । ‘हाम्रो देश पृथ्वीमै स्वर्ग जस्तै छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?