+
+

मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १५:२०

२० चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले संसदमा उठेका विषयमा जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

सहकारी अनियमिततामा संलग्न रहेको भन्दै संसदीय छानबिनको माग गरिरहेको कांग्रेसले संसद अवरुद्ध नगर्ने, तर गृहमन्त्रीलाई रोष्टममा जान नदिने रणनीति लिएको छ ।

मंगलबार संसद बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री लामिछानेले भने विपत व्यवस्थापन लगायतका विषयमा पनि सांसदहरुले प्रश्न उठाएको बताए । उनले भने, ‘सदनमा उठेका कुरा सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’

अवसर पाएको बेला आफूमाथि उठेका विषयमा समेत जवाफ दिने गृहमन्त्री लामिछानेले बताएका छन् । संसदीय छानबिन समिति गठनका लागि किन तयार नभएको भन्ने प्रश्नमा उनले भने, ‘जसले आएर उजुरी थमाइदिन्छ, जसले आएर जाहेरी थमाइदिन्छ, कागज आउने वित्तिकै भएभरको सबै छानबिन गर्न सुरु गर्ने हो भने त्यस्तो सम्झौता गर्नु पर्यो नि त ।’

उनले अगाडि भने, ‘जाहेरी भनेको त एउटा सूचना हो । सूचनाले प्रमाण पायो भने एउटा प्रक्रियामा जाने हो । सूचनाकै आधारमा संसदमा छानबिन गर्ने अभ्यास थाल्ने हो भने त्यसमा छलफल गरौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?