+
+

ग्राहकका लागि इन्फिनिक्स मोबाइलको नवीनतम प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:०७

काठमाडौं । इन्फिनिक्स मोबाइलले १ अप्रिलदेखि ग्राहकका लागि एक नवीन प्रस्ताव ल्याएको छ ।

इन्फिनिक्सले आफ्नो सबै स्मार्टफोन मोडलहरूमा अभूतपूर्व १५ महिनाको वारेन्टी घोषणा गरेको छ ।

यो कदमले मोबाइल बजारका सबै अत्याधुनिक क्षमतालाई परिभाषित गर्ने र जसले ग्राहकलाई कुनै अतिरिक्त खर्च नगरी यस्तो उत्कृष्ट वारेन्टी सगौरव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

इन्फिनिक्सको अरू सम्पूर्ण मोबाइल उद्योगमा निर्धारित समयभन्दा तीन महिना बढी १५ महिनाको वारेन्टी प्रदान गर्ने निर्णय आफैंमा स्मार्टफोनको श्रेष्ठ निर्माण र विश्वसनीयताको प्रमाण भएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार इन्फिनिक्स मोबाइलले पर्याप्त व्यापार लक्ष मात्रै हैन, असीमित गुणस्तरको प्रतिष्ठा कायम गर्ने योजनात्मक अभियानमा रहेको छ । यसका लागि विस्तारित वारेन्टीले हाम्रो उत्पादनको सटिकतामा अतिरिक्त आशा प्रदान गर्दछ, जस्ले ग्राहकलाई मनको सन्तुष्टि र भरपर्दो मोबाइलको उत्कृष्टताको अनुभूति प्रदान गर्दछ ।

इन्फिनिक्सले स्मार्टफोन उद्योगमा अब्बल रहेर शत प्रतिशत नवीनतम उत्पादनहरूमार्फत विश्वभरी उपभोक्ताहरूको बदलिएका आवश्यकतामा विशेष ध्यान दिने कम्पनीले बताएको छ ।

७५ भन्दा बढी देशमा इन्फिनिक्सले अत्यावश्यक प्रविधिमामा व्यापक रूपमा प्रस्तुत गर्दै आफ्नो अग्रस्थान सिद्ध गर्ने लक्ष्यमा रहेको र मोबाइल उद्योगभरि एक अग्रणी उत्पादनको स्वरूपमा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?