+
+

‘पुजार सार्की’ जेठ १० मा पक्का, हलिउडको ‘म्याड म्याक्स’सहित तीन नेपाली फिल्म एकसाथ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते ११:३५

काठमाडौं । मल्टिस्टारर फिल्म ‘पुजार सार्की’को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गर्दै बुद्धजयन्तीको अवसरमा जेठ १० गतेलाई रिलिज डेट घोषणा गरेका हुन् ।

निर्देशक दिनेश राउतले यो फिल्म सो मितिमा नेपालसहित डायस्पोरामा पनि रिलिज हुने बताए । ‘निर्माता र वितरकको सल्लाह बमोजिम उक्त डेटलाई प्रदर्शन मितिको रुपमा तय गरेका हौं’ राउतले अनलाइनखबरसँग भने ।

आर्यन सिग्देल, पल शाह र प्रदीप खड्काको शीर्ष भूमिका रहेको यो फिल्मले पंचायतकालिन सेटिङमा तीन कम्युनिस्ट युवा क्रान्तिकारीले गर्ने जातिय विभेदविरुद्धको संघर्षको कथा पेश गर्छ ।

पोस्टरमा निधारमा रातो टीका लगाएका प्रदीपले दमाहा बजाइरहेका छन् भने आर्यन र पलको चरित्र चित्रण समेत छ । पोस्टरले यी तीन पात्र साथी रहेको दर्शाउँछ ।

बक्सअफिसमा तीन नेपाली फिल्म र हलिउडको ‘म्याड म्याक्स’

‘पुजार सार्की’ले प्रदर्शन मिति तय गरेसँगै बुद्ध जयन्तीको नेपाली बक्सअफिसमा चौपक्षीय भीडन्त निश्चित भएको छ । सोही मितिमा अन्य दुई नेपाली फिल्महरु ‘फर्की फर्की’ र ‘दान्भी’ पनि आउनेछन् । सोही मितिमा सन् २०२४ को हलिउडको बहुप्रतीक्षित फिल्म ‘म्याड म्याक्स’को नयाँ श्रृंखला ‘फ्युरिओसा : अ म्याड म्याक्स सागा’ आउँदैछ ।

तीन नेपाली फिल्म जेठ १० गते विहीवार रिलिज हुँदा म्याड म्याक्स चाहिँ शुक्रबार आउनेछ । आगामी ओस्कार अवार्डको प्रमुख दाबेदार मानिएको म्याड म्याक्सको यो नयाँ श्रृंखलाले मल्टिप्लेक्समा राम्रो कमाइ गर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?