+
+

‘पुजार सार्की’को गीतमा कलाकारले नाचे कौडा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते २१:०६

काठमाडौं । जेठ १० गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘पुजार सार्की’को पहिलो गीत दर्शन गरेँ’ सार्वजनिक गरिएको छ ।

शुक्रवार युट्युबमार्फत सार्वजनिक गीत मगर समुदायको परम्परा अनुसारको लोकप्रिय कौडा नृत्य’मा आधारित छ ।

गीतमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिरनमा सजिएर सामूहिक कौडा नृत्य गरेका छन् । धम्पुसमा छायांकन गरिएको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको छ ।

नृत्य निर्देशक शिशिर खाती हुन् । हर्क साउदका शब्द, सुवास भुसालको संगीत रहेको गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर छ ।

मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन र विकास सुवेदीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?