+
+

‘पुजार सार्की’को छायाङ्कन पोखराको कास्कीकोटमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १६:५४

काठमाडौं । अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले आफ्नो प्रतीक्षित फिल्म ‘पुजार सार्की’को छायांकन पोखराको कास्कीकोटबाट थालेका छन् । जातिय विभेदविरुद्ध कम्युनिष्ट नेताले गर्ने संघर्षको कथावस्तुमा फिल्म आधारित हुनेछ ।

‘प्रकाश’ फेम्ड दिनेश राउतले निर्देशन गर्ने यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । शुभसाइत पूजापछि फिल्मको छायांकन सुरु भएको थियो । निर्देशक राउतले फिल्मको सबै छायांकन सोही गाउँमा हुने बताए ।

राउतले फिल्मका तीन शीर्ष पात्रले जातिय विभेदविरुद्धको संघर्षको कथा फिल्मले पेश गर्ने बताए । फिल्मा अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् ।

मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

राउतले यसअघि ‘प्रसाद’, ‘क्लासिक’, ’नोभेम्बर रेन’, ’प्रकाश’ लगायतका फिल्म निर्देशन गरेका छन् । संगीतकार समेत रहेका सुवास भुषाल यसका निर्माता हुन् । भुसालले कम्पोज गरेको ‘लै लै’ र ‘बनकी चरी’ राउतले निर्देशन गरेको फिल्म ‘प्रसाद’मा समावेश थिए । भुषालले अर्को चर्चित गीत ‘जिन्दगीको के भर छ र’ पनि कम्पोज गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?