+
+

विवाहको लागि नोरा फतेहीको शर्त : इमान्दार र सुन्दर जीवनसाथी हुनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १३:१७

काठमाडौं । नोरा फतेहीलाई अहिले बलिउडमा कुनै पहिचानको आवश्यकता छैन । डान्सरबाट करिअर सुरु गरेकी उनी बलिउडमा पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनी हालै कमेडी फिल्म ‘मडगाउँ एक्सप्रेस’मा देखिएकी थिइन् ।

यो फिल्ममा उनको भूमिकालाई दर्शकले निकै रुचाएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले आफ्नो पर्सनल लाइफ र आफ्नो वैवाहिक जीवनका बारेमा खुलेर कुरा गरेकी थिइन् ।

नोरा बलिउडमा बोल्ने शैलीका लागि चर्चित छिन् । हालै उनलाई तपाईं आफ्नो जीवनसाथीमा कस्ता गुण हेर्न चाहनुहुन्छ भनेर सोधिएको थियो । प्रश्नको जवाफमा नोरा भन्छिन्, ‘पहिलेभन्दा यतिबेला मेरो सोच्ने तरिका पूर्णरुपमा बदलिएको छ । प्रेम र विवाहको विषयमा मेरो धेरै पुरानो धारणा छ । म पनि बिहे गरेर बस्न चाहन्छु ।’

नोरा भन्छिन्, ‘म भगवानमा विश्वास गर्ने जीवनसाथीको खोजीमा छु । एकै समयमा उसले राम्रो केयर गर्ने हुनुपर्छ । मेरो लागि पैसा पछि आउँछ, त्यो भन्दा पहिले मानिसको लागि मनको राम्रो हुनु महत्वपूर्ण छ । इमानदारीपूर्वक भन्नुपर्दा आजको संसारमा धेरै स्वार्थी मानिस छन् जो तपाईंबाट फाइदा लिन चाहन्छन् । तिनीहरू केही वर्ष तपाईंसँग बस्छन्, तपाईंको फाइदा उठाउँछन् र छोड्छन् ।’

उनी विवाह गरेर बस्न तयार रहेको बताउँछिन् । ‘चार–पाँच वर्षअघि जीवनसाथीका बारेमा मैले सोचेका विचार एकदमै सतही थिए । अहिले धेरै बदलिसकेको छु । मैले एक आदर्श व्यक्तिको बारेमा फरक दृष्टिकोण विकास गरेको छु,’ नोरा भन्छिन्, ‘मलाई लाग्छ कि पहिला मैले गलत चीज खोज्दै थिएँ । म एक इमान्दार जीवनसाथीको खोजीमा छु जसको रूप पनि राम्रो होस् । मेरो मतलब, मलाई राम्रो आनुवंशिकी चाहिन्छ किनभने म सुन्दर बच्चाहरू जन्माउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?