+
+

कांग्रेस संसदीय दलको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते ९:२४

२७ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा जारी छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आएको कांग्रेसले सोही विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

यही चैत २१ गते बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसदीय छानबिन समिति नबनाए प्रतिनिधि सभाको अर्को बैठक चल्न नदिने बताएका थिए ।

आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । बैठकलाई विनाअवरोध सन्चालन गराउने प्रयासमा सोमबार सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल समेत गरेका थिए । तर कांग्रेस आफ्नो अडानमा कायमै रहेपछि बैठक निष्कर्षविहीन भएको थियो ।

सोमबार नै बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पनि संसदीय छानबिन समिति गठन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको थियो ।

सरकारले संसदीय छानबिन समिति गठन गर्न तयार नभएकाले आजको संसद बैठक चल्ने नचल्ने अन्योल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?