+
+

अकिबको ह्याट्रिकमा ओमानको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १८:२२

२ वैशाख, काठमाडौं । अलराउन्डर अकिब इलियासको ह्याट्रिकमा घरेलु टोली ओमानले एसीसी प्रिमियर कपमा कम्बोडियालाई ६३ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । ओमान समूह बी मा शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएकोछ ।

१५५ रनको लक्ष्य पछ्याएको कम्बोडिया निर्धारित ११ ओभरमा ७ विकेट गुमाउँदै ९१ रन बनायो । वर्षाको कारण खेल समयमा सुरु हुन नहुँदा ११-११ ओभरमा झारिएको थियो ।

कम्बोडियाका लुकमान बटले २१ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४१ रन बनाए । अकिबले छैटौं ओभरको चौथो बलमा विमुक्ती विराजलाई २ रनमा क्याच, पाँचौं बलमा एटिन ब्यूकेस र छैटौं बलमा शव्रण गोडारालाई शून्यमा बोल्ड गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

ओमानका अकिब इलियासले ३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । मेहरान खानले २ र जिशान मकसुदले १ विकेट लिए । त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले ११ ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।

नसिम खुसीले २७ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ६९ रन बनाए । कश्याप प्रजापति ८, अकिब १०, जिशान मकसुद ७, आयन खान १६, खालिद कैल १९ र रफिउल्लाहले २३ रन बनाए ।

कम्बोडियाका शव्रण गोडारा, उत्कर्ष जैन र विमुक्थी विराजले २–२ विकेट लिए । समूह बी मा ओमान र युएईको सुरुवाती २ खेलमा ४-४ अंक छ । नेटरनरेटमा ओमान शीर्ष स्थानमा छ । कुवेत २ खेलमा २ अंकका साथ तेस्रो, बहराइन र कम्बोडिया समान २ खेलमा अंक विहीन हुँदै चौथो पुछारमा छन् ।

समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । हङकङ १ खेल र मलेसिया २ खेलमा २–२ अंक भएपनि नेटरनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन् । साउदी अरेविया १ खेलमा र कतार २ खेलमा अंक विहीन हुँदै चौथो र पाँचौं स्थानमा छन् । प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?