+
+

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि मंगलबार सोचपत्र प्रस्तुतीकरण हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १८:११

३ वैशाख, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि निवेदन दिएकाहरूको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण मंगलबार हुने भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले भोलि बिहान ७ देखि १० बजेसम्म विश्वविद्यालय अनुदान आयोगको कार्यालय सानोठिमीमा प्रस्तुतीकरण हुने जनाएको छ ।

समितिको सूचना अनुसार १० जना आवेदकमध्ये ९ जनाको आवेदन स्वीकृत भएको छ । समितिले यसअघि २० चैतमा आवेदकहरूको नामावली प्रकाशन गर्दै २७ चैतमा सोचपत्र तथा कार्ययोजना बुझाउन सूचीत गरेको थियो । तर, समितिले मंगलबार हुने दोस्रो चरणको मूल्यांकनका लागि निकालेको सूचनामा ९ जनाको मात्रै नामावली उल्लेख गरेको छ ।

समितिका अनुसार प्रा. डा. कविप्रसाद पोख्रेल, प्रा. डा. केशरसिंह राना, प्रा. डा. देवबहादुर खड्का, प्रा. डा. ध्रुबकुमार गौतम, प्रा. डा. नन्दबहादुर सिंहको सोचपत्र तथा कार्यायोजना प्रस्तुतीकरण हुनेछ ।

त्यस्तै प्रा .डा. विनयकुमार मिश्र, प्रा. डा. भोलानाथ शर्मा घिमिरे, प्रा. डा. यमबहादुर कार्की र प्रा. डा. शोभाखर कँडेलको सोचपत्र प्रस्तुतीकरण हुने भएको छ ।

प्रा. डा. मुकुन्दप्रकाश क्षेत्रीको भने आवेदन अस्वीकृत भएको छ ।

आवेदकलाई प्रस्तुतीकरणको समय १५ मिनेट र प्रश्नोत्तर ५ मिनेट तोकिएको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनेको छ ।

यसअघि रिक्त उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बनाएको मापदण्ड विवादित बनेपछि ६ फागुनमा दरखास्त सम्बन्धी प्रक्रिया स्थगित भएको थियो । १२ चैतमा बसेको समितिले विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियालाई निरन्तरता दिएर प्रक्रिया अगाडि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?