+
+

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १८:५२

२० वैशाख, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पन्तलाई उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा. डा. भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो ।

योग्यताक्रमको आधारमा पन्तलाई उपकुलपतिमा नियुक्त गरिएकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ । पन्त पुल्चोक इन्जिनियरिङ क्याम्पसको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभागका विभागीय प्रमुख हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पद १८ फागुनबाट रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?