+
+
Shares

राष्ट्रिय युवा परिषदद्वारा १७ ठाउँमा एकसाथ सिपमुलक तालिम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते ८:४२
Photo Credit : राष्ट्रिय युवा परिषद

१३ असार, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले युवाहरुको रोजगारमुलक सिप विकासका लागि विभिन्न ६ वटा क्षेत्रमा ३४० जना युवाका लागि सिपमुलक तालिम एकैसाथ सञ्चालन गरेको छ । परिषदले पहिलो पटक सातै प्रदेशका विभिन्न पालिकामा १६० देखि २२५ घण्टासम्मका सिपमुलक तालिम सञ्चालन गरेको हो ।

युवाहरुको सिप विकासका लागि यस वर्ष १८० घण्टे जुनियर ब्युटिसियन, १६७ घण्टे टेलर–गार्मेन्ट मेसिन अपरेटर, १६० घण्टे इलेक्ट्रिसियन, १६० घण्टे कुक, २२५ घण्टे मोबाइल रिपेयरिङ र १६० घण्टे बेकरी तालिम सञ्चालन गरेको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यस्ता सिपमुलक तालिमले सरकारले घोषणा गरेको आन्तरिक रोजगारी प्रवर्द्धन दशकलाई टेवा पुग्ने र युवा पलायन रोकेर मुलुक भित्रै आत्मनिर्भर बनाउन पनि मद्दत मिल्ने परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतको विश्वास छ ।

राष्ट्रिय युवा परिषदका अनुसार कैलालीको धनगढी, रोल्पाको लिवाङ, काठमाडौंको गोंगबु र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा १८० घण्टे जुनियर ब्युटिसियन तालिम सञ्चालन गरिएको छ ।

यसैगरी काठमाडौंको टोखा, बर्दियाको बारबर्दिया नगरपालिका, सप्तरीको कल्याणपुर र ललितपुरको महालक्ष्मी नगरपालिकामा १६७ घण्टे टेलर–गार्मेन्ट मेसिन अपरेटर तालिम सञ्चालन गरिएको छ ।

यसैगरी कास्कीको पोखरा, काठमाडौंको गोंगबु र चाबहिल  तथा रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १६० घण्टे इलेक्ट्रिसियन तालिम सञ्चालन गरिएको छ। त्यस्तै ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र मोरङ जिल्लाको विराटनगरमा १६० घण्टे कुक तालिम सञ्चालन गरिएको छ ।

काठमाडौंको कोटेश्वरमा २२५ घण्टे मोबाइल रिपेयरिङ तालिम तथा काठमाडौंकै तिनकुने र सुर्खेतको वीरेन्द्रनगरमा १६० घण्टे बेकरी तालिम सञ्चालन गरिएको परिषदका तालिम शाखा प्रमुख कर्ण कवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?