+
+

पूर्वाञ्चलको उपकुलपतिका लागि २७ चैतबाट कार्ययोजना प्रस्तुतीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १५:०८

१८ चैत, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २७ चैतबाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ ।

उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको २७, २८ र २९ चैतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ ।

पहिलो दिन, २७ चैतमा शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल र प्रमोदकुमार झाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुनेछ ।

२८ चैतमा बिजुकमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल र उमेश कोइरालाको हुनेछ ।

त्यस्तैगरी २९ चैतमा संजेशकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने जनाइएको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको छनोट तथा सिफारिश समितिले उम्मेदवारको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सुन्ने छ ।

यसअघि पूर्व शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको छनोट तथा सिफारिश समितिले १७ जना आवेदकको नामावली सार्वजनिक गरेको थियो । १८ आवेदकमध्ये एकजनाको आवेदन अस्वीकृत भएको थियो ।

१८ फागुनबाट पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?