News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराललाई नियुक्त गरेका छन्।
- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले मेरिटका आधारमा बरालको नाम सिफारिस गरेको थियो।
- प्रा.डा. बरालले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरी जापान र न्युजिल्यान्डबाट उच्च शिक्षा तथा विद्यावारिधि हासिल गरेका छन्।
२९ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालयकोे उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।
उनी केयूमै पढेर उपकुलपति हुने पहिलो हुन् ।
उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरी, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् ।
उनको विज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान र वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा पनि छन् । बराल सन् उपप्राध्यापक, सहप्राध्यकप हुँदै प्राध्यापक बनेका हुन् ।
उनले केयूमा ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन, हिट एन्ड पावर इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन् ।
केयूको उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको थियो । जसमध्ये १० जनाको सूचि सार्वजनिक गरिएको थियो । त्यसमा प्रस्तुतिकरण र अन्तर्वार्ता लिइएको थियो । मेरिटको आधारमा उपकुलपतिको नाम सिफारिस गरिएको समितिको दाबी छ ।
प्रतिक्रिया 4