+
+

गण्डकीमा संसद आह्वानविरुद्ध कांग्रेसले अवहेलना मुद्दा दर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते ११:२७

६ वैशाख, काठमाडौं । गण्डकी प्रदेश सभा आह्वानविरुद्ध नेपाली कांग्रेसले सर्वोच्चमा अवहेलना मुद्दा  दर्ता गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले संसद बैठक बोलाउनु अदालतको अवहेलना भएको कांग्रेसको निष्कर्ष छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कानुनविद् बोलाएर बिहान गण्डकीको प्रदेश सरकारबारे छलफल गरेका थिए ।

शीर्ष नेताहरु सहितको बैठकमा गण्डकी प्रदेश सरकारविरुद्ध अदातलमा जानुपर्ने ठहर गरिएको डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीले जानकारी दिए ।

‘अदालतले अन्तरिम आदेश दिएकोबेला हाउस बोलाउन मिल्ने कार्य होइन । त्यो अदालतको अवहेलना गरेको कांग्रेसको ठम्याइ छ’, बैठकमा सहभागी केसीले भने, ‘दीर्घकालीन असर काम नगर्न अदालतले अन्तरिम आदेश दिएको छ ।’

गण्डकीमा शुक्रबार बस्ने गरी संसद बैठक आह्वान भएको छ । अदालतको आदेशविपरीत संसद बैठक आह्वान भएकाले अवेहलनाको मुद्दा दर्ता गर्न लागिएको गण्डकीका पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

दीर्घकालीन असर गर्ने कार्य नगर्न अदालतले अन्तरिम आदेश दिएकाले कांग्रेसले संसद बैठक बहिष्कार गर्नसक्ने केसीले बताए । ‘सर्वोच्चको अन्तिम फैसला जे आउँछ । त्यही फैसलाअनुसार मात्रै हामी अगडि बढ्छौं भन्न कांग्रेसले सक्छ’, उनले भने ।

सर्वोच्च अदालतले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई नियमित कार्य सञ्चालनबाहेकका काम नगर्न रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?