+
+

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १९:४१

७ वैशाख, काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । घरेलु टोली ओमानले एसीसी प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा हङकङलाईल ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

एसिया कपमा पुग्नको लागि आइतबार युएई र ओमानबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् । अव तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् । १३१ रनको लक्ष्य ओमानले १९.२ ओभरमा पूरा गर्दै पूरा गर्‍यो।

अन्तिम ६ बलमा ९ रन चाहिँदा अकिब इलियासले आयुष शुक्लालाई सुरुवाती दुई बलमा छक्का र चौका प्रहार गर्दै जित दिलाएका हुन् । अकिब ५१ बलमा ४ चौका र २ छक्कासहित ६२ रनमा नट आउट रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । जिशान अलीले ३६ र बाबर हायतले ३३ रन बनाए । बिलाल खानले ३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?