+
+

रुसी दूतावास नजिकै रूसी सेनाका परिवारको सामूहिक अनशन (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ वैशाख १० गते १४:२८

१० वैशाख, काठमाडौ । अनशनरत रूसी सेनामा कार्यरत नेपालीका आफन्तीहरुले रुसको दूतावास नजिकै सामूहिक अनशन बसेका छन् ।

रुसमा रहेका नागरिकको जीवन रक्षाको माग गर्दै परिवार र आफन्तीहरुले सोमबार बालुवाटारस्थित रुसको राजदूतावास नजिकै सामूहिक अनसन बसेका हुन् ।

परिवारहरुले दूतावासअघि अनशन बस्‍न खोजे पनि रोक लगाइएको थियो । त्यसपछी उनीहरु दूतावासको नजिकै  बसेका हुन् ।

उनीहरुले रुसी सेनामा गएका सबै नेपालीको अवस्था सार्वजनिक, रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता, रूसी सेनामा भर्ती भएकाहरु र युक्रेनको कब्जामा रहेकाहरुको सकुशल उद्धारको माग राख्दै प्लेकार्ड प्रदशन गरेका छन् ।

उनीहरुले शुक्रबार दिउँसो माइतीघर मण्डलादेखि अनशनमा सुरू गरेर भृकुटीमण्डपमा बसिरहेका छन् ।

हेर्नुहोस् थप तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?