+
+

शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १५:५३

१६ वैशाख, काठमाडौं । शंखमुलको दोभानपुलस्थित वर्कशप तथा विभिन्न पसलहरुमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आइतबार दिउँसो पौने १ बजे सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आगो निभाउन  प्रहरी र स्थानीय बासिन्दाका साथै ललितपुर र काठमाडौं महानगरपालिका गरी ५ वटा दमकल प्रयोग भएको थियो । आगलागीबाट पसल र घर गरी १० वटामा क्षति पुगेको एसपी अधिकारीले बताए ।

विशाल केसीले सञ्चालन गरेको अटोमोबाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी सुरु भएको प्रहरीको भनाइ छ । आगलागीबाट मेघराज घलेको मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवले सञ्चालन गरेको जय बजरंगबली पान पसल, चन्द्रकुमार कुशवाहले सञ्चालन गरेको माछा पसलमा क्षति पुगेको छ ।

त्यसैगरी जगनाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी तथा फलफूल किराना पसल, आशगोपाल श्रेष्ठको मासु पसल, चन्द्र महर्जनको पक्की घरको भित्ता, केदार श्रेष्ठको पक्की घरको भित्ता र मेघराज घलेको फास्टफुड रेष्टुरेन्टमा क्षति पुगेको छ । आगलागीबाट कति रकम बराबरको क्षति भयो भन्ने अहिले खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?