+
+

भोजपुरी स्टार अमृता पाण्डे ‘अन्नपूर्णा’ मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते २०:५०

काठमाडौं । भोजपुरी अभिनेतृ अमृता पाण्डे उर्फ अन्नपूर्णाको शंकास्पद मृत्यु भएको छ ।

भारतको बिहारस्थित भागलपुरको जोगसर थाना क्षेत्रको आदमपुर जहाज घाटमा रहेको अपार्टमेन्टको फ्ल्याटमा झुण्डिएको अवस्थामा अभिनेतृको शव फेला परेपछि उक्त क्षेत्रमा सनसनी मच्चिएको थियो ।

खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ । यो खबरले भोजपुरी फिल्म क्षेत्र स्तब्ध बनेको छ । अमृताले किन आत्महत्या गरिन् भन्ने कारण भने खुल्न सकेको छैन ।

मिडिया रिपोर्टका अनुसार पाण्डेको दुई वर्षअघि छत्तीसगढको बिलासपुर निवासी चन्द्रमणि झाङ्देसँग विवाह भएको थियो । उनी एनिमेसनमा काम गर्थे । विवाहपछि दुवै मुम्बईमा सँगै बसे ।

अमृताकी बहिनीको विवाह हुँदै थियो, त्यसैले १२ अप्रिलमा अमृता र उनका पति चन्द्रमणि भागलपुर गए । विवाहपछि चन्द्रमणि १८ अप्रिलमा मुम्बई फर्किइन् भने अमृता यहीँ बसिन् ।

२७ अप्रिल (शनिबार) मा अमृता ढिलो उठिन् । हरेक दिन जस्तै सबै सामान्य थियो । उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘उनको जीवन दुई डुंगामा छ, हामीले डुंगा डुबाएर उनको बाटो सहज बनायौं ।’

धेरै दिनदेखि काम नपाउँदा अमृता डिप्रेसनमा रहेको परिवारका सदस्यले बताएका छन् । यसका लागि उनको उपचार पनि भइरहेको थियो । तर अमृताको हरर–वेब सिरिज ‘प्रतिशोध’को पहिलो भाग हालै रिलिज भएको छ । यसबाट उनी निकै उत्साहित पनि थिइन् ।

अमृताले खेसरीलाल यादवसँग ‘दीवानापन’ मा काम गरेकी छिन् । यसबाहेक उनी अन्य धेरै प्रोजेक्टमा पनि देखिएकी छिन् ।

हाल यो विषय छानबिनको क्रममा छ । सबै कोणबाट अनुसन्धान गरिने प्रहरीले जनाएको छ । परिवारका सदस्यसँग पनि सोधपुछ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?