+
+

प्रेमबारे नीति शाह : ‘सकेसम्म निजी र व्यावसायिक जीवनलाई अलग राख्न खोज्दैछु’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १३:१७

काठमाडौं । एक्ट्रेस तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह यतिबेला डेब्यु फिल्म ‘खजुरे ब्रो’लाई लिएर चर्चामा छिन् । यो फिल्म वैशाख २८ बाट प्रदर्शन तयारीमा छ ।

यतिबेला फिल्म प्रचारका लागि उनलाई भ्याइनभ्याई छ । यस्तोमा उनको फिल्म र प्रेम जीवनलाई लिएर चर्चा भइरहेको छ । मिडियाले पनि नीतिलाई प्रेम सम्बन्धबारे सोधिरहेको पाइन्छ ।

एक मिडियासँगको अन्तर्वार्तामा नीतिले भर्खरै फिल्मको करिअर सुरु गरेकाले हालसालै विवाह गर्ने योजना नरहेको बताएकी छन् । ‘म अहिले एक्टिङ करिअरलाई लिएर कमिटेड छु,’ उनले भनेकी छन्, ‘हालसालै विवाह गर्ने प्लान छैन ।’

प्रेमी र प्रेम सम्बन्धबारे सोधिएको अर्को प्रश्नमा नीतिले आफूले सकेसम्म व्यावसायिक र व्यक्तिगत जीवनलाई छुट्याउन खोजेको बताएकी छन् । ‘म पर्सनल लाइफलाई सकेसम्म देखाउन खोज्दिनँ । पब्लिक फिगर भएपछि केही पनि लुकाउन सकिंदैन नि,’ उनले भनेकी छन् ।

नीति र एरोस्पेस इन्जिनियर याञ्चित राणा झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन् । याञ्चितले नीतिसँगका रोमान्टिक तस्वीर पनि सेयर गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?