News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल आश्माकुमारी केसी र अभिनेत्री नीति शाहले भोटेकोशी बाढी प्रभावितलाई झन्डै १५ लाख रुपैयाँ बराबरको दोस्रो चरणको राहत सामग्री दिएका छन्।
- उनीहरूले हामी नेपालमार्फत ५१ टेन्ट, २०० कार्टुन चाउचाउ, नयाँ लुगा, स्यानिटरी प्याड र टर्च लाइट उपलब्ध गराएका हुन्।
- यी टेन्टबाट ५०० देखि ६०० जनाले अस्थायी आवास सुविधा पाउनेछन्, र सामग्री प्रभावित थलोमा बाँडिनेछ।
काठमाडौं । पूर्वमिस नेपाल आश्माकुमारी केसी र पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाहले भोटेकोशी बाढी प्रभावितलाई दोस्रो चरणको राहत सामग्री उपलब्ध गराएका छन् ।
आफन्त र साथीभाइबाट समेत संकलित झन्डै १५ लाख रुपैयाँ बराबरको राहत सामग्री यी दुई सेलिब्रेटीले सामाजिक संस्था हामी नेपालमार्फत प्रभावितलाई प्रदान गरेका हुन् ।
उनीहरूले प्रदान गरेका सहायता सामग्रीमा ५१ वटा टेन्ट, २०० कार्टुन चाउचाउ, नयाँ लुगा, स्यानिटरी प्याड, टर्च लाइट लगायत छन् । उपलब्ध गराइएका ५१ वटा टेन्टमा ५०० देखि ६०० जनाले अस्थायी आवासको सुविधा लिने पाउनेछन् ।
प्रदान गरिएका ती सामग्रीलाई हामी नेपाल संस्थाले प्रभावित थलोमा बाँड्ने जनाइएको छ । केही दिनअघि आश्मा र नीतिले बाढी प्रभावित बेत्रावतीका एक व्यक्तिलाई ३ लाख रुपैयाँ प्रदान गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4